काठमाडौं, १० जेष्ठ । नेपालमा एकैदिन ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा ४ जना, प्रदेश नम्बर १ मा एक जना, कर्णाली प्रदेशमा ३ जना र प्रदेश पाँचमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं, १० जेठ । नेपालमा एकैदिन ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा ४ जना, प्रदेश नम्बर १ मा एक जना, कर्णाली प्रदेशमा ३ जना र प्रदेश पाँचमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा प्रवक्ता डा।विकास देवकोटाले सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ४ जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा एक जना, सुर्खेतमा गरिएको परीक्षणमा ३ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २८ जनामा कोरोना पुष्टि भएको बताए । संक्रमितहरु बैतडी शिवनाथ गाउापालिकाका २०,२०,२२,२७ वर्षका पुरुषहरु, झापाको झापा गाउँपालिकाका एक जना ३३ वर्षीय पुरुया, बाँके नरैनापुर मदर्साका ६ जना, १७ देखि ३२ वर्षका पुरुषहरु, नरैनापुरकै ३ नम्बर वडाका राष्ट्रिय प्रावि गेगलीका १५ जना जो १६ देखि ३२ वर्षका पुरुषहरु, नरैनापुर कै १ महातनियाका ६ जना २२ वर्षदेखि ५० वर्षका पुरुषहरु र बर्दिया बढैयातालका १९ वर्षका एक जना पुरुष, सुुर्खेतका २ जना पुरुष र एक जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here