रौतहट ९ जेष्ठ । लुम्बिनी विकास बैंकको चन्द्रपुर शाखाले चन्द्रपुर नगरपालिका लाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागी रौतहटमा भेटीएपछि कोरोनाबाट संक्रमित तथा संक्रमणबाट बचाउने उद्देश्यले लुम्बिनी विकास बैंक चन्द्रपुरका शाखा प्रबन्धक सुबोध कोइरालाले चन्द्रपुर नगरपालिका का मेयर रामचन्द्र चौधरीलाइ सामाग्री हस्तान्तरण गरेका छन ।

बैंकले एकहजार थान सर्जिकल मास्क, ५ सय जोडी ग्लोब्स, २५ सय मिलिलिटर सेनिटाइजर, एकसय १० लिटर डिसइन्फेक्टेड लिक्विड, चार थान पीपीई सेट उपलब्ध गराएको हो ।
सामाजिक उत्तरदायित्व वहन गर्नका लागि स्थानीय स्तरमा कोरोना संक्रमणबाट बचाउन खटिने स्वस्थ्यकर्मी को सुरक्षाको गर्ने उद्देश्यले स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको लुम्बिनी विकास बैंक लिमिटेड चन्द्रपुर शाखाका प्रबन्धक कोईराले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here