जनकपुरधाम, ९ जेष्ठ। लकडाउनकाबीच जनकपुरमा जुवा खेल्दै गरेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रवार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकस्थित जानकि वाटिकाको गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा मिथिला बिहारी ननगरपालिका–७ बस्ने बर्ष ५६ का किशोरी साह, जनकपुरधाम उपमहानगरपालिका–८ का बर्ष ५५ का बिल्टु बरही, वडानम्बर १३ बस्ने बर्ष ३५ का मोसतकिङ राईन, बर्ष ४७ का जसिन कवाडि र बर्ष ३४ का रमेश साहु रहेको प्रहरीले जनाएको छ ।

गेष्ट हाउसमा लुकेर उनीहरु जुवा खेलिरहेको प्रहरीको भनाइ छ ।

जुवाको खालबाट २ लाख ७ हजार ५ सय २५ रुपैँया सहित पाँचैजनालाई हिरासतमा लिइ जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । संभार टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here