रौतहट ८ जेष्ठ । रौतहटको छुटा छुटै तिन स्थानमा गएराती भएको आगलागी बाट लाखौं बराबरको क्षती भएको छ ।
लामखुट धपाउन बालिएको घुर बाट सल्किएर तिनघरमा भएको आगलागी बाट १० लाख भन्दा बढी क्षती भएको प्रहरीले जनाएको छ ।
गएराती ७ बजे परोहा नगरपालिका १ का शेख अलि अख्तरको घरमा गएराती आगलागी भएको थियो । सोही घर बाट सल्किएर छिमेकी अंशु रहमानको घरमा समेत आगलागी भएको थियो ।
आगलागी बाट अख्तरको घरको अन्न लता कपडा गरी कुल दुुईलाख ७० हजार र छिमेकी रहमानको घरमा दुईलाख बराबरको क्षती भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन ।
त्यसैगरी ईशनाथ नगरपालिका वडा १ स्थित चन्देश्वर यादवको घरमा रातीनै भएको आगलागी बाट घरमा रहेको अन्न लता कपडा गरी ६ लाखको क्षती भएको प्रवक्ता श्रेष्ठले बताएका छन ।
सदरमुकाम गौर बाट गएको दमकल,स्थानिय प्रहरी र गाँउलेहरुको सहयोगमा आगलागी नियन्त्रणमा आएको
जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
