रौतहट, ८ जेष्ठ । रौतहट जिल्लाको मौलापुर नगरपालिकामा पहिलो पटक कर्मचारीहरुले अफना ५० प्रतिशत तलब भत्ता नलिने घोषण गरेका छन । कोरोना भाइरसका कारण विश्वमै ठूलो संकट पैदा भएको बेला । नगरपालिका कार्यालय र वडाका स्वास्थ्य कार्मी बाहेकका सम्पूर्ण कर्मचारीहरुले लकडायन लागू भएको समय चैत ११ गतेदेखि लक डाउन रहुन्जेल सम्म को ५० प्रतिशत तलबभत्ता कोरोना भाइरसका विरामीको उपचारका लागि दिने घोषण गरेका छन् ।
नेपाल सहित विश्व नै अहिले कोरोना विरुद्ध लडिरहेको अवस्थामा आफूहरुले पनि सरकारलाई सहगोय गर्ने र कोरोना बाट कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस भन्रे उद्देश्यका साथ आफूहरुले आफना ५० प्रतिशत तलब नलि कोरोना मै खर्च गर्ने मौलापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साहले बताएका छन् ।
महाबिपदको यस घडीमा समस्यामा परेकाहरुलाई सहयोग गर्ने अभिप्रायले आफना नगरका करिब ५० जना कर्मचारीहरु तलब भत्ता नलिने घोषण गरेको प्रमुख प्रशासकिय अधिकृत साहले बताए मौलापुर नरगपालिकाका कर्मचारीहरुले लिएको यो एतिहासीक कलम निकै सराहनी रहेको भन्दा सबैले उनीहरुको प्रशंसा गरिरहेको छ त्यसैले यस नगरपालिकाका कर्मचारीहरु जस्तै अरु स्थानीय तहका पनि कर्मचारीह लाई ५० प्रतिशत तलब न लिन दबाब परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here