दाङ, ८ जेठ । दाङमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सल्यान, रोल्पा, दाङको लमही, घोराही, तुल्सीपुर सहितका स्थानमा संकलन गरिएका ६९ वटा नमूनाको पिसिआर विधिबाट परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका रजिस्ट्रा कैलाश प्रसाद देवले बताएका छन्। । उनले परीक्षण गरिएकाहरुमा बाँकी ६८ जनाको रिपोर्ट नेगेटिभ आएको भन्दै संक्रमित व्यक्ति घोराही ३ का ३७ वर्षीय पुरुष रहेको बताए । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ भने नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here