चितवन, ८ जेष्ठ । पुर्बी चितवनको रत्ननगर (१५, माधवपुरमा आज साँझ श्रीमानद्वारा खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते हुनु भएको छ । दिपज्योती टोल निवासी ५४ बर्षिय श्रीमान पुर्ण प्रसाद ढकालले आफ्नो श्रीमती ४३ बर्षिया शुशिला ढकाललाई खुकुरी प्रहार गर्दा उहाँ गम्भीर घाइते हुनुभएको र घाइतेको उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको वडा अध्यक्ष हुमनाथ लामिछानेले जानकारी दिनु भयो । खुकुरी प्रहार गर्ने श्रीमान पुर्ण प्रसादलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय, टाडी, चितवनका प्रहरी नायब उपरीक्षक डिएसपी रबिन कार्कीले जानकारी दिनु भयो । खुकुरी प्रहार गर्ने पुर्ण प्रसाद ढकालको बारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here