काठमाडौं, ७ जेठ । नेपाली काँँग्रेस कि नेतृ डाक्टर डिला संग्राैलाले एकल महिला र अपाङ्गहरुको भत्ता काटने निर्णय सरकारले तत्काल फिर्ता हुनुपर्ने माग गरेकि छिन् ।
नेतृ संग्राैलाले ” सिङ्गै मुलुक गएको झन्डै २ महिना देखि लकडाउनमा भएको बेला सरकारले ६० वर्ष मुनिका एकल महिला तथा अतिअशक्त अपांगता भएका व्यक्तिहरुलाई दिंदै आएको भत्ता रोकेको समाचार सुनेर म स्तब्ध भएकी छु ” बताए कि छिन् ।
प्रतिनिधि सभा सदस्य समेत रहेकि संग्राैलाले अगाडि ” रोजगार गुमाएका मजदूर, न्यून आय भएका जनसमुदाय, एकल महिला तथा अपांग दाजुभाइ दिदी बहिनीहरुलाई न्यूनतम आर्थिक सहायता दिनु पर्ने हामीले माग गर्दै आएकोमा सरकारको यो कदमको हामी निन्दा गर्दछौं। सामाजिक सुरक्षा ऐन २०७५ को हवाला दिँदै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आर्थिक वर्ष २०६५/६६ देखि दिइंदै आएको उक्त भत्ता रोक्न दिएको निर्देशन तत्काल फिर्ता गर्न र सामाजिक सुरक्षा नियमावलीमा नियतवस अतिअशक्त अपांगता भएका व्यक्तिलाई छुटाइएको विषयलाई तत्काल सच्याउन पनि म माग गर्दछु । यो विषय मैले प्रतिनिधि सभाको आगामी बैठकमा उठाउने पनि जानकारी गराउन चाहन्छु।” भनेकि छिन् ।