काठमाडौं, ६ जेष्ठ । स्वास्थ्य सेवा विभागमा रहेका एक जना डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल सरकारको तर्फबाट छात्रवृत्तिमा अध्ययनरत एक जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य सेवा विभागका एक जना कर्मचारीले नाम नखुलाउने शर्तमा दिएको जानकारी अनुसार कपिलवस्तुमा स्वाब संकलनका लागि खटिएका डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनी स्वास्थ्य सेवा विभागको तर्फबाट स्वाब संकलनका लागि कपिलवस्तु पुगेका थिए । हालसम्म नेपालमा नर्समा मात्रै कोरोना संक्रमण पुष्टि भएकोमा पहिलोपटक डाक्टरमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here