बैतडी, ६ जेष्ठ । बैतडीको पुर्चौडी नगरपालिका का मेयर रणबहादुर कुवर माथी स्थानीय केही युवाहरुले हातपातको प्रयास गरेका छन ।
ती युवाहरुले जेठ ५गते नगरपालिकाको कार्यालमै गइ मेयर कुवर र नगरपालिकाका केही अन्य कर्मचारीहरु माथी समेत हातपात गरिएको जनाइएको छ।युवाहरुले हातपात सङ्गै कार्यालयका फर्निचर र कम्प्युटर समेतमा क्षति पुर्याएका थिए।
जेठ ४ गते पुर्चौडी नगरपालिका वार्ड नम्बर २ का स्थानिय हुलाक कर्मचारी दिलबहादुर धानुक माथी नगर प्रमुख कुवरले ब्यक्तिगत दुश्मनी का कारण कुटपिट गरिएको बुझिएको छ।कुटपिट पछि उल्टै धानुकलाइ अभद्र व्यबहार को मुद्दा लगाइ प्रहरी नियन्त्रणमा पठाइएको थियो।प्रहरी नियन्त्रणमा लिदा प्रहरी हवल्दार मंगल बहादुर रोकायालाइ समेत मेयर कुवरले हातपात गरेको स्थानिय बासिले बताएका छन।प्रहरी हवल्दार रोकायाले कानुनी प्रक्रिया छदाछदै कुटपिट गर्नुहुन्न भने पछिब्मेयरले उल्टै प्रहरिलाइ समेत हातपात गरेको बुझिएको छ।
मेयरले आफ्नो बुवालाइ कुटेर उल्टै हिरासतमा पठाएको बिरोधमा धानुकका छोरा रमेश धानुक र पुष्कर धानुक नगरपालिका मा गै छलफल गर्न खोज्दा आज यो घटना भएको जनाइएको छ। तर उनिहरुले भने हिजोको घटनाको वास्तविकता बुझ्न र छलफल गर्न नगरपालिका आएका तर उल्टै मेयरले अपशब्द बोल्दै पद र पाओरको दुरुपयोग गर्दै आफुहरुलाइ फसाइएको जनाएका छन।हाल उनिहरुलाइ पनि प्रहरी नियन्त्रणमा राखिएको छ।
मेयर कुवर तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। बेलाबेलामा भिन्नमत अनियमिततामा उनको नाम मुछिने गरेको स्थानियले आरोप लगाएका छन।