रौतहट ६ जेष्ठ । रौतहटको परोहा नगरपालिकाको मेयर सेख वकिल अहिले प्रत्येक वडा र टोल टोलमा गएर किसानलाई उन्नत धानको बिउ वितरण गर्नमा ब्यस्त रहेको छन् ।

कोरोना कहरमा पनि मेयर वकिलको दैनिकि फरक देखिएको छ । सम्बन्धित वडाका वडा अध्यक्षलाई साथमा लिएर उनी प्रत्येक दिन नगर क्षेत्रको वडा तथा टोल टोलमा पुुगिरहेको छन् ।

लकडाउनको ५८ दिन दैनिक ज्यालादारी गर्ने गरीब परिवार भोखो नबसुुन भन्ने उद्देश्यका साथ मेयर सेखले खेतमा हुने किसानलाई उन्नत धानको बिउ समेत वितरण गरिरहेको छन् ।

लकडाउनको कारण जिल्लाका सबै बजार तथा पसल बन्द रहेको समयमा खाद्यान्न उब्जनीमा कमी नहोस् भन्ने उद्देश्यले प्रत्येक किसानलाई १८ किलोको दरले धानको बिउ वितरण गरिरहेको मेयर सेख वकिलले जानकारी दिएको छ ।
परोहा नगरपालिकाको नौ वटै वडामा कुल दुुई हजार किसानलाई १७।५० किलोको दरले धानको बिउ वितरण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

निर्णय अनुसार बिभिन्न ,एग्रो भेट बाट धान को बिउ, कृषी सामग्री लगायतका स्थान बाट कुल ३५ किईन्टल उन्नत धानको बिउ खरीद भई बितरण सुरुगरीएको नगर प्रमुख सेख वकिलले बताएका छन् ।

लकडाउनभन्दा पहिलेदेखि नै परोहा नगरपालिकाले नगर क्षेत्रका किसानले कृषी कार्यकालागी लिएको कृषी मिटरको बिधुत महसुल समेत तिर्ने घोसनाको गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here