काठमाडौं ६ जेष्ठ । मोरङमा विभिन्न ब्रान्डका ५ सय ३० बोतल नक्कली मदिरासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका ६ बस्ने श्रवण मुखियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
मुखियाको न्यूडिएन ट्रेडर्सको पसलमा विभिन्न ब्राण्डको बोत्तलमा नक्कली लेवल टाँस गरी मदिरा बनाउने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान थालेको थियो।
मुखियालाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। संभार जनता समाचार