काठमाडौं । नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा १९१ सञ्‍चारकर्मीको कोरोना भाइरस परिक्षणका लागि नमुना संकलन गरिएको छ ।

महासंघमा केन्द्रीय कार्यालयमा मंगलबार परीक्षणका लागि स्वाब संकलन गरिएको छ हो । सो कार्यक्रमका संयोजन गरेका महासंघ केन्द्रीय सदस्य गोविन्द चौलागाईँले भने, ‘देशमा विभिन्न स्थानका पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएकाले फन्टलाइनमा बसेर काम गरिहेका उपत्यकाको पत्रकारहरुको परीक्षण गरीए हो ।’

जनसंख्या मन्त्रालय तथा सेवा दिने कर्मचारीप्रति उनले धन्यवाद व्यक्त गरेका थिए । उनले पत्रकार कोरोना संक्रमणको जोखिम मोलेर सूचना संकलनमा अग्रस्थानमा खटिएको भन्दै परीक्षण गरिएका पत्रकारको नतिजा नेगेटिभ आउने आशा व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here