राैतहट, ५ जेठ ।
विश्वमा महामारीको रुपमा रहेकाे काेभिड- १९ (कोरोना) संक्रमणका बेला जोखिमपूर्ण अवश्थामा समाचार संकलन गरिरहेका रौतहटका संचारकर्मीहरुका लागी माधव नारायण नगरपालिकाले ८५ लाखको कोरोना जिवन बीमा गरेकाे छ ।
नेपाल पत्रकार महासंघ रौतहटका शाखाका सदस्यहरु तथा राैतहटका सक्रिय संचारकर्मीहरुका लागी कोरोना बीमा गराएको हो । नगरपालिकाले रौतहटका ८५ संचारकर्मीहरुका लागी कुल ८५ लाखको बीमा अाफ्नाे सहयोगमा गरेकाे छ । माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र राय यादवले बीमाको लागी लाग्ने शुल्क बराबरको चेक नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठलाई हस्तान्तरण गरेका छन ।

पछिल्लो समय रौतहटमा संक्रमितको सँख्या बढन थाले पछि रौतहटमा जोखिम बढेको छ । “विपतीको समयमा खटिरहेका संचारकर्मीहरुको मनोवल उच्च बनाउन र सुरक्षा समेत प्रदान गर्ने उदेश्यले बीमा शुल्क रकम सहयोग गरेको हौैं ।” माधव नारायण नगरपालिकाका मेयर विरेन्द्र राय यादवले भने “नेपाल पत्रकार महासंघको अनुरोधमा संचारकर्मीहरुको लागी सहयोग गर्न पाउदा खुशी लागेको छ ।” संक्रमणका बेला सुरक्षित रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न समेत उनले सुझाव दिए ।
नेपाल पत्रकार महासंघ सँग आवद्ध नभएका तर जिल्लामा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई पनि बीमा कार्यक्रममा समेटेको पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले बताए । प्रति व्यक्ति ६ सयका दरले बीमा शुल्क कुल ५१ हजार नगरपालिकाले सहयोग गरेको हाे ।

बीमित संचारकर्मी कोरोना संक्रमीत भएको खण्डमा सगरमाथा इन्स्योरेन्स कम्पनीले १ लाख रुपैया प्रदान गर्नेछ ।
चेक हस्तान्तरणका बेला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ र नपाका लेखा प्रमुख रामबालम राय यादव समेतकाे सहभागी रहेको थियोे ।