काठमाडौं ५ जेष्ठ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाको परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सिन्धुपाल्चोककी मृतक महिलाको १३ दिने शिशुदेखि परिवारका सबै सदस्याको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

शिशुसहित परिवारका चारै जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ । सिन्धुपाल्चोकको बाह्रविसे–९ राम्चेकी सुत्केरी महिलाको गत बिहीबार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here