सप्तरी । अग्निसाइर कृष्णसवरण गाउँपालिकामा बालिका बलात्कार आरोपमा युवक पक्राउ परेका छन् । गाउँपालिकाको ३ मट्टिगढाका २० वर्षीय आशाराम राम बालिका बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

उनले गाईवस्तु चराउन गएकी शारीरिक रुपमा अशक्त १२ वर्षीया बालिकालाई झाडीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कार गरेको थाहापाएपछि उनलाई बासिन्दाले समातेर चौकीमा बुझाएको प्रहरीले जनाएको छ ।

बालिकाको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा स्वास्थ्य परीक्षण गरी उपचार गरिएको छ । रामविरुद्ध बालिकाकी आमाले जाहेरी दिएकी छन् । रामले बालिका बलात्कार गरेको स्वीकारेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

लकडाउनको अवधिमा यसअघि १२ र १६ वर्षीया बालिकालाई बलात्कार गरेका छुट्टाछुट्टै घटनाका दुई आरोपित घटनास्थलबाटै पक्राउ परेको प्रहरीले जनाएको छ । संभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here