जनकपुरधाम, ४ जेष्ठ । जनकपुरधामस्थित धनुष सागरमा एक पुरुषको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ । मृतको पहिचान हुन सकेको छैन । घटनास्थलमा धनुषा प्रहरी पुगेर शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ ।
धनुषसागरमा भेटिएको एक पुरुष अन्द्दाजी ३५ वर्षको देखिएको छ । पानीमा शव तैरिरहेको अवस्थामा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । संभार टुडेपाटी