राेजी पराजुली ( ब्युराे प्रमुख) ।

काठमाडौं, ३ जेठ ।

विश्व व्यापी महामारीको रुपमा रहेकाे काेराेना भाईरस नियन्त्रणका लागि सरकारले गरेकाे लकडाउनकाे ५४ वा दिन राजधानी काठमाडौं सुनसान देखिएकाे छ ।

सरकारले विभिन्न चरणमा घाेषणा गरेको लकडाउनका कारण सर्वसाधारण मारमा परे ता पनि भाईरस एकव्यक्तिबाट अर्काेमा सर्न गई संक्रमण हुने डरले लकडाउन पालना भई देश नै सुनसान देखिएका बेला समान्यरुपमा भनने राजधानीका केही सडकहरुमा अावाज थाेरै बहुत भए पनि देखिन्थ्यो ।

तर जब पछिल्लो समय राजधानी लगायत देशका विभिन्न भागहरुमा लगातार काेराेना पाेजेटिभ निस्कन थाले पछि पुर्णरुपमा लकडाउन पालनाका लागि सरकारी स्तरबाट गरिएको लकडाउनलाई सर्वसाधारणहरुले पालना गरेकाे आजकाे राजधानीकाे सुनसान अवस्थाले देखाएकाे छ ।

देशभर गरिएको परिक्षणमा हाल सम्म २७६ जना काेराेना संक्रमित भेटिएको छ भने विश्वमा यसराेगबाट संक्रमित हुनेकाे संख्या करि ४६ लाख हुन गएको हाे ।

यश अघि सरकारले लकडाउनको बेला जिल्लाभित्र सवारी साधन सन्चालन गर्न जारी गरिएका सबै प्रकारका पासहरु आजबाट रद्द गरिएको छ । कोरोना संक्रमित व्यक्तिहरु धेरै फेला पर्न थालेपछि लकडाउनलाई कडाइ गर्ने नीतिअनुसार सबै प्रकारका पासहरु रद्द गरिसकेको जानकारी गृह मन्त्रालयले गराई सकेको छ ।

ब्युराे प्रमुख राेजी पराजुली ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here