बीरगन्ज, ३ जेष्ठ । बीरगन्जको प्रतिमा चौकमा फेला परेको बम सेनाले डिस्पोज गरेको छ । आज साँझ प्रतिमा चौकस्थित नेपाल आयल निगमको गेट अगाडि राखिएको बम सेनाको बम डिस्पोजल टोलीले केहीबेर अघि डिस्पोज गरेको हो ।
खबर पाए लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साहले जानकारी दिए ।
बम कसले र किन राखेको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले बताए ।
कोरोनाले त्रसित बनेको बीरगन्ज निषेधाज्ञा लागु भएको बेला बम फेला परेपछि थप त्रसिल बनेको छ । साथै, निषेधाज्ञा लागु भएको कसैलाई पनि बाहिर निस्कन नदिइएको बेला बम कसरी नेपाल आयल निमगको गेट अगाडि राखियो सर्वसाधारणले प्रश्न गरेका छन् । जबकि पर्सामा निषेधाज्ञालाई थप कडा बनाउन भन्दै स्थानीय प्रशासनले सेना समेत परिचालन गरेको छ ।