बारा ३ जेष्ठ । बारामा एक प्रहरीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पुष्टि गरेका हुन् । उनमा कोरोना संक्रमण पाइएको टेकु अस्पतालले पुष्टि गरेको उनले जानकारी दिए । संक्रमितबारे जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइएपछि उनको कन्ट्याक ट्रेसिङ थालिएको छ ।

उनीसँग सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको बताइएको छ ।

स्रोतका अनुसार जवान प्रहरीको मुद्दा शाखामा कार्यरत भएकाले जिल्ला सरकारी वकिलको कार्यालयसहित जिल्ला प्रशासन कार्यालयमा कार्यरत समेतको गरी २५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here