काठमाडौँ ३ जेष्ठ । शनिबार कोरोना संक्रमण भेटिएका महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक दुबै जना नेपाली सेना रहेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयबाट आज संक्रमण पुष्टि भएका दुवै सेनाको जवान मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । उनीहरुको सम्पर्कमा आएकाको खोजी भैरहेको बताइएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । जसमा ३६ जना निको भएका छन्।