रौतहट, ३ जेष्ठ। नेपाल पत्रकार महासङ्घ रौतहट शाखालाई रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख ईन्नु राय यादव र निमित्त प्रमुख प्रशासकिय अधिकृत मो.मुस्ताक आलमले ७० थान विनचिटर (पातलो) ज्याकेट हस्तान्तरण गरेको छ।
शाखाकाे सभाहलमा ७० थान विनचिटर (पातलो) ज्याकेट
नगर प्रमुख इन्नु राय यादवले महासंघका अध्यक्ष एवम सचिवलाई हस्तान्तरण गर्नु भएको हो । कोरोना संक्रमणको जोखिमलाई ख्याल गरि स्वास्थ्य सुरक्षाको उद्देश्य राखेर रौतहटको गरुडा नगरपालिकाको नगर प्रमुख ईन्न राय यादवले नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष रबिन्द्र प्रसाद साह र सचिव गौतम श्रेष्ठलाई विनचिटर पातलो ज्याकेट हस्तान्तरण गरेका हुन् ।