रौतहट, ३ जेष्ठ ।
लकडाउनको समयमा भारत लगायत विभिन्न ठाँउबाट चोरबाटो हुँदै रौतहट आएका ६२ जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाएको छ । लकडाउनका कारण भारतका विभिन्न सहरबाट घर आई लुकेर बसेका ६२ जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाएको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहको कमाण्डमा गएको टोलीले मौलापुर बजार नजिकैबाट १८ जनालाई नियन्त्रणमा लिएर कटहरियास्थित क्वारेन्टाइन राखिएको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुश्वाहाले बताएका छन् । मेयर कुश्वाहाकाअनुसार भारतबाट आएका १० जनालाई घर जानु अघिनै प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाएको हो । रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार भारत लगायत विभिन्न स्थानबाट आएर बसेका ६२ जनालाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाएको थियो । भारत सरकारले अप्रवासी मजदुरलाई स्पेसल ट्रेनमार्फत गन्तव्यसम्म पुर्याउन थालेपछि रौतहट लगायत सिमानासंग जोडिएका जिल्लाहरुमा घर आउनेको संख्या बढदै गएको छ । भारतबाट आउनेहरुबाट कोरोना भाइरसको संक्रमणको जोखिम भएकाले रौतहटका सिडिओ बाशुदेव घिमिरेले जिल्लाको १८ वटै स्थानीयतहमा थप पाँच पाँचसय बेडको क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here