तनहुँ, २ जेष्ठ । व्यास नगरपालिका–६ बाह्रबिसेमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । बाह्रबिसेको साँगेखोलामा डुबेर शुक्रबार बिहान १२ वर्षीय अंकित रानाको मृत्यु भएको हो ।
साथीसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको कार्यालयका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । पौडी खेल्दा खोलामा डुबेका रानालाई उद्धार गरी उपचारका लागि दमौली अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शव दमौली अस्पतालमा राखिएको छ । संभार जनता समाचार