जनकपुरधाम,२ जेष्ठ । प्रदेश १ स्थित कोशी अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार उनलाई डिस्चार्ज गरिएको हो ।

लकडाउनको २७ औं दिनमा उदयपुरक्क ३५ वर्षीय एक पुरषलाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितहरुमध्ये ३६ जना निको भइसकेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितहरुको संख्या २५८ जना पुगेको छ ।

जसमध्ये २१० जना पुरुषहरु र ४८ जना महिलाहरु रहेकी छन् ।
संभार टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here