काठमाडौं, १ जेठ । जनकपुरमा थप एक पत्रकारलाई कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्रोतका अनुसार आज संक्रमण पुष्टि भएका मध्ये मिथिला नगरपालिकाका ४० वर्षका पुरुष पत्रकार रहेको र अवस्था सामान्य रहेको छ । 

हालसम्म ४ जना पत्रकार,३ स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित २५० मा कोरोना भाइरस रोगको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पत्रकार सहित जनकपुरकी २० वर्षकी महिलालाई कोरोना पोजेटिभ देखिएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here