रुपन्देही ३१ बैशाख । दुई दिनमा १५ जनामा कोरोना भाइरस संक्रमण देखिएपति रुपन्देहीका संक्रमित क्षेत्र शील गरिएको छ । सुरक्षा तथा स्वास्थ्य सतर्कतालाई ध्यान दिदै संक्रमीत क्षेत्र शील गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभएको हो।

रुपन्देहीमा बुधबार बिहानदेखि नै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । हुलाकी सडक लुम्बिनी सांस्कृतिक नगरपालिकादेखि रोहिणी गाउपालिकासम्म जिल्ला प्रशाशनले अनुमति विना हिँड्न रोक लगाएको छ । संक्रमीत क्षेत्रका व्यक्ति यता आउने र संक्रमण फैलन सक्ने खतरा रोक्न हुलाकी मार्ग र त्यस तलको भेगमा अनुमति विना हिँड्न रोकिएको प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो । सिमा क्षेत्र र संक्रमीत क्षेत्रमा हुन सक्ने आवागमन रोक्न मंगलबार रातिदेखि नै बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सिमा क्षेत्रमा अलपत्रलाई ल्याउने भनिएपनि अब तत्काल सुरक्षीत क्वारेन्टाइनमा बसाइ र पिसिआर चेकजाँचको ग्यारेन्टी नहुँदासम्म ल्याइने छैन् ।

रुपन्देहीमा हालसम्म लुम्बिनी सांस्कृतिक नगरपालिकाकामा ९, सम्मरीमाई गाउपालिकाकामा ६ र कोटहीमाई गाउपालिकामा एक जना गरी १६ जनामा संक्रमण भेटिएको छ । संक्रमित १६ मध्ये १ जना निको भएर घर फर्किसकेका छन् । यी क्षेत्र हुलाकी सडक भन्दा दक्षिणमा छन् । त्यस क्षेत्रमा अन्तरपालिका आवागमन बन्द भएको छ । पछिल्लो पटक संक्रमण भेटिएका ९ जना घरमा गएको पाइएपछि उनीहरुको यात्रा विवरण लिने र सम्पर्कमा गएका व्यक्तिलाई क्वारेन्टाइनमा ल्याउने काम समेत शुरु भएको छ ।

हालसम्म सम्पर्कमा रहेका ३० जनालाई क्वारेन्टाइनमा ल्याएको स्वास्थ्य कार्यालय प्रमुख राजेन्द्र कुमार गिरीले बताउनुभयो । परामर्श र यात्रा विवरण लिनेक्रम जारी रहेकाले सम्पर्कमा रहेका व्यक्ति धेरैलाई क्वारेन्टाइनमा ल्याउनुपर्ने गिरीले बताउनुभयो । स्थानीय तहलाई लकडाउन यता भारतबाट आएका तथा भारतीय भूमीमा गएका सबैको लगत संकलन गर्न भनिएको छ । तथ्यांक अध्यावधीपछि उनीहरु र सम्पर्कमा रहेका व्यक्तिलाई समेत क्वारेन्टाइनमा ल्याइने छ । संभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here