पोखरा, ३० बैसाख । कोरोना भाईरसको महामारीका कारण समस्यामा परेका विभिन्न क्षेत्रका करिव १३५ जनालाई मंगलवार खाधान्न एवं अन्य सामाग्री राहात स्वरुप हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुलीको पहलमा पोखरा महानगरपालिका (०५ निवासी ८५ वर्षिय वृद्धा चीजकुमारी गुरुडको सहयोगमा राहात सामाग्री हस्तान्तरण गरिएको हो । पोखरामा कपाल काट्ने पेशामा आवद्द २५ जना नाईहरु , यातायात क्षेत्रमा संलग्न ५ जना मज़दूरहरु र असहाय एवं असक्तहरु लाई आश्रय दिंदै आएको पोखरा छोरेपाटन स्थित मानव सेवा आश्रममा आश्रय लिएर बसोबास गर्दै आएका १ सय जना भन्दा बढ़ी गरि करिव १ सय ३० जनाका लागि खाधान्न एवं अन्य विभिन्न सामाग्री राहत स्वरुप हस्तान्तरण गरिएको हो ।
कारोना भाइरस कोभिड–१९ को कारण पोखराको विभिन्न स्थानमा कपाल काट्ने पेशामा संलग्न मज़दूर तथा स्वरोज़गार श्रमिकहरुको पसल बन्द भएपछि आफ्नो र परिवारको लागि दैनिक जीवनयापन गर्न समेत नसक्ने अवस्थामा पुगेका २६ परिवार र यातायात क्षेत्रका ५ जना मजदुरका परिवारका लागि चामल , दाल नुन , चिउरा साबुन लगायतका सामाग्री हस्तान्तरण गरिएको हो । यसै गरि पोखरा छोरेपाटन स्थित मानव सेवा आश्रममा रहेका १ सय भन्दा बढी असहाय र असक्त हरुको लागि खाधान्न , खाजा , सरसफाईको सामाग्री हरु पनि हस्तान्तरण गरिएको छ ।
नाई संघ सम्बद्ध श्रमिक हरुको लागि नेपाल नाई संघका वरिष्ठ उपाध्यक्ष लाल वावु ठाकुर तथा मानव सेवा आश्रममा आश्रमका अभिभावक शोभा गौतमको संयोजनमा ति सामाग्री वितरण गरिएको थियो ।
मज़दूरहरुका लागि राहात सामाग्रीको वितरण कार्यक्रममा सहयोगदाता चिज कुमारी गुरुडका छोरा प्रकाश गुरुड र छोरी तिल कुमारी गुरुड स्वयं सहभागी थिए । प्रकाश गुरुड बेलायती सेनाका पूर्व सैनिक तथा ब्रिटिश गोर्खा वेयलफेयर सोसाईटी तथा पंचासे हर्पन डांडा समाज युकेको महासचिव हुन १। उनि लकडाउनका कारण वेलायत फर्किन नपाएकोले हाल नेपालमा नै रोकिएका छन ।
मज़दूर तथा श्रमिकहरुका लागि पोखरा महानगरपालिका (३ को वडा कार्यालयमा वडाध्यक्ष रविन्द्र बहादुर प्रजूको रोहवरमा वरिष्ठ पत्रकार गंगाधर पराजुली , नाई संघका वरिष्ठ उपाध्यक्ष लालवावु ठाकुर , नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सचिव रुद्र तिमिल्सीना , नेपाल प्रेस युनियन कास्कीका पूर्व अध्यक्ष शिरोमणि बराल , अभियन्ताहरु शान्ती गुरुड् र अम्बिका ढुंगाना लगायतले राहात सामग्री वितरण गरेका थिए ।
यसैगरि मानव सेवा आश्रममा आयोजित कार्यक्रममा सहयोगदाता परिवारका प्रकाश गुरुड्, , वरिष्ठ पत्रकार गंगाधर पराजुली , शिरोमणी बराल , आश्रमका सदस्य तथा अभिभावक शोभा गौतम र स्स्वयंसेवक सम्झना गर्तौला लगायतले आआफ्नो भनाई राखेका थिए । त्यस अवसरमा बोल्दै गुरुड्ले आफ्नो आमाको ईच्छा अनुसार आमाले प्राप्त गरेको पेन्सन रकमबाट राहात सामाग्री खरिद गरिएको जानकारी दिए । पत्रकार पराजुलीले सहयोगदाताको चाहाना र समस्यामा परेका मज़दूर र असहायका लागि उनिहरुकै आवश्यकता अनुसार सामान वितरण गरिएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here