धनुषा ३१ वैशाख, । नेपालमा दिन दिनै कोरोना संक्रमित थपिने क्रम बढेको छ । आजै फेरी धनुषामा थप २ जनामा कोरोना संक्रमित भेटिएका छन् ।
मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएको छ ।
हिजो हिजो पनि जनकपुुर उपमहानगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो सगँै देशभर संक्रमितको संख्या १ सय १९ पुगेको छ । भने ३४ जना निको भएका छन् । हाल सम्म कसैको पनि कोरोनाका कारण मृत्यु भने भएको छैन ।
प्रदेश २ का पर्सा, बारा, धनुषा, रौतहट, महोत्तरी, सप्तरी र सर्लाहीमा कोरोना संक्रमित फेला परिसकेका छन् ।