झापा ३१ बैशाख । दमक नगरपालिका–५ हरिओम कोलनीमा ट्रिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । को१ख ५५२४ नम्बरको ट्रिपरले बुधबार बिहान ठक्कर दिँदा दमक नगरपालिका–१ श्रीपालीटोलका १६ वर्षीय सोवित दर्जीको मृत्यु भएको हो ।
तीव्रगतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रिपरले विपरीत दिशाबाट आइरहेका साइकलयात्री दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक यज्ञराज शर्माले जानकारी दिनुभयो ।
दुर्घटनामा संलग्न टिपर र त्यसका चालक जिल्ला मकवानपुर घर भएका ५१ वर्षीय केदारप्रसाद पुलामीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । संभार जनता समाचार