काठमाडौं, २९ वैशाख । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको यशोधरा, बुद्धभूमि नगरपालिका, बर्दिया र रुपन्देहीका १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमवार बिहानै कपिलवस्तुको दुवै पालिकामा गरि १० जनामा कोरोना पुष्टि भएको थियो । अघि साँझ ७ः २० मा मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कपिलवस्तुकै यशोधरा गाउँपालिका, बुद्धभूमि नगरपालिका, रुपन्देहीको लुम्बिनि सांस्कृतिक गाउँपालिका र समरिमाई गाउँपालिका तथा बर्दियाको राजापुरका १३ जनामा कोरोना पुष्टि भएको हो । राष्ट्रि जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमितहरु क्रमशः १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषहरु छन् भने २४, २६, २७, ३०, ३२ र ४० वर्षका महिलाहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here