काठमाण्डौं, २९ बैसाख।

कोरोना भाइरस संक्रमितको संख्या नेपालमा १२० पुगेको छ । सोमबार बिहान १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि १२० पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरमणि अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
मन्त्रालयले बिहान ८ः३० बजे जारी गरेको प्रेस विज्ञप्तिमा थपिएका संक्रमितहरु कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि गाउँपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष छन् ।
हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले १६ हजार ७८८ जनामा पीसीआर परीक्षण गरिएको बताएको छ । त्यस्तै आरडीटी परीक्षण ५६ हजार ६५७ वटा गरिएको छ । १६४ जना आइसोलेसनमा रहेका छन् । १३ हजार ६२५ जना क्वारेन्टाइनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here