रौतहट, २८ बैशाख ।
सरकारले आइतरबाट देशभरका बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न भने पछि रौतहटको बजारहरुमा भिडभाड बढेको छ ।


जिल्लाको सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरिया, समनपुर, शुकदेवचौक लगायतका बजारहरुमा चहलपहल बढेको पाइएको छ । सरकारले एकतिहाइ कर्मचारीबाट आलोपालो गरी अति आवश्यक सेवा जस्तै बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्था सञ्चालन गर्ने निर्णय गरे पछि आईतबार रौतहटमा ह्वात्तै उक्त कार्यालय तथा बजारहरुमा चहलपहल बढेको देखिएको हो ।


लकडाउन खुकुलो बनेपछि रौतहटका व्यापारिहरुले समेत पसलहरु धमाधम खोल्न थालेका छन् । यता साना सवारी साधन पनि चलन थालेको छ । रौतहटमा आईतबार सब भन्दा बढी भिडभाड बैंकहरुमा देखिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here