रौतहट २८ बैशाख । रौतहट जिल्लाको सुरक्षा निकायका प्रमुख तथा स्थानीय तहका प्रमुख हरुको संयुक्त टोली जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर १ बंजरहा स्थित नेपाल भारत सीमामा देखिएको समस्याको आइतवार स्थलगत निरिक्षण गरेका छन ।
भारतले निर्माण गरेको डयाममा मरमत गर्न लाग्दा नेपाली भूमि च्यापिएको भनी सार्वजानिक भएपछि सुरक्षा निकायका तथा स्थानीय तह गौर नगरपालिका र ईशनाथ नगरपालिका को प्रमुखहरुको संयुक्त टोली निरिक्षण गरेको हो ।
पुरानो बांधको उचाई तथा चौड़ीकरण भारत सरकारले गर्न लागेको हो भारतको पूर्वी चम्पारणको जिल्ला मोतिहारी बलुवा गाउको वड़ा नम्बर ३ मा रहेको उक्त बांधको मरमत गर्ने कार्य जारी रहेकोमा ठेकेदारले माटो हल्दा हल्का नेपाली दशगजामा माटो परेकोले समस्या उत्पन्न भएको छ । स्थलगत अनुगमन पछि प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले नेपाल भारतको प्रमुख जिल्ला अधिकारी विच भएको लिखित सहमतिको भारतीय पक्षले पालना नगरेको आरोप लगाएको छ ।
नेपाल भारत सीमामामा रहेको पिलर संख्या ३४७ भन्दा पूर्व लगभग २०० मीटरमा माटो हाल्ने सहमति भएकोमा माटो पुरिएको देखिएपछि सहमतिको उलंघन भएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ रहेको छ । पुनर निर्माणको क्रममा नेपालको भूभाग मीचिएको भन्ने अहिले यकीन गरी भन्ने अवस्था नरहेको बताउँदै नेपाल भारत सिमा निरिक्षण टोलीले नापजांच गरे पछि यकीन गर्न सकिने जिकिर गरे ।
बांध अहिलेको नभई पुरानो नै रहेको उनले बताए लिखित सहमति अनुसार बांधमा भएको हनुमान मंदिर देखि पच्छिम माटो हाल्ने रहेको थियो तर अहिले मंदिर देखि पच्छिम सम्म बांधमा माटो थुपारिएको छ । भारतीय समकक्षी मोतिहारीको डीएम सित कुरा हुदा माटो थुपार्ने काम अहिले रोकने प्रतिवद्धता जनाएको बताउँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले यो समाधान हुने विश्वास व्यक्त गरे ।
ईशनाथ नगरपालिकाको नगर प्रमुख संतोष कुमार मेहताले समस्या कुनै जटिल नभएकोले समाधन हुने बातोएका छन । बांधको मरमत गर्ने क्रममा एक दुइ ठाउमा हल्का माटो नेपाली भूमिमा खÞासिन गएको उनले बताए ।