काठमाण्डौं, २८ बैसाख । सर्वोच्च अदालतले लकडाउन अविधिमा रोकेका केही सेवाहरुलाई खुकुलो गरि प्रवाह गर्ने भएको छ।
कोरोना भाईरस नियन्त्रणका लागि दिन प्रतिदिन लकडाउन लम्बिँदै गएपछि सर्वोच्च अदालतले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाई सेवा प्रवाह बढाउन लागेको जनाएको छ।
आइतबार बसेको सर्वोच्चको पूर्ण बैठकले सोमबार (भोली) देखि नेपाल सरकार निवेदक भएको मुद्धा दोहोर्‍याइ पाउँ भन्ने निवेदन, पुनरावेदनको अनुमतिको निवेदन र विपक्षी झिकाउने आदेश भइनसकेका नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन तथा साधक जाँचका लागि आएका मुद्धाको सुनुवाई सुरु गर्ने भएको छ ।
यसअघि लकडाउनको समयमा बन्दी प्रत्यक्षीकरण रिट र कोभिड १९ सँग सम्बन्धित मुद्धामात्र सुनुवाई गर्ने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतको विज्ञप्तीको पुर्णपाठ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here