काठमाडौं २८ बैशाख । १४ बर्षीय दलित बालिकालाई घरमै सुतिरहेकी अवस्थामा बलात्कार गरेर फरार भएका युवा पक्राउ परेका छन । मोरङको मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लाका धिरेन मगरलाई आइतबार बिहान इलाका प्रहरी कार्यालय उर्लाबारीको टालीले पक्राउ गरेको हो ।
मगरले गत वैशाख १९ गते राति ती बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनुभयो । घरमा सुतिरहेका बेला बालिकामाथि बलात्कार हुन थालेपछि बालिकाले होहल्ला गरेको र अभिभावक त्यहाँ पुग्दा मगर फरार भएको डीएसपी राईले बताए ।
बालिकाको उपचार तथा स्वास्थ्य परीक्षण कोसी अञ्चल अस्पतालमा गरिएको थियो । मगर विरुद्ध जवर्जस्ती करणी मुद्दा चलाउन अनुसन्धान थालिएको डीएसपी राईले जानकारी दिनुभएको छ । संभार जनता समाचार