काठमाडौं २८ बैशाख । डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसाद घुसहित पक्राउ परेका छन् । सेवाग्राहीसँग १ लाख घुस लिइरहेको अवस्थामा अधिकृत जयमंगल शनिबार घुसहित पक्राउ परेका हुन् ।
खानीसम्बन्धी काममा समस्या देखाएर घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस मागेको भन्ने सुचनाका आधारमा अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
संभार जनता समाचार