काठमाण्डौं, २७ बैसाख ।
नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारत सरकारलाई लिपुलेक, कालापानी र लिम्पुवा धुरा छोडन आग्रह गरेको छ ।
भारतले एकलौटी रुपमा नेपाली भुमि प्रयोग गर्दै मानसरोबर जाने सडक बनाए पछि नेकपा अन्तराष्टिय व्युरोले नेपाली भुमि छोडन् आग्रह गरेको हो ।
व्युरो इन्र्चाज कन्चनले आज एक विज्ञप्ती निकाल्दैं कालापानीको सेनालाई पनि फिर्ता लैजान भारत सरकारलाई आग्रह गरेका छन् । नेकपाले नेपालको भुमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण थाले पछि त्यसको विरुद्ध राष्टिय स्वाधीनताको संर्घष गर्ने चेतावनी दिदैं नहटे प्रतिरोध गर्ने समेत जनाएको छ ।
पार्टी सचिवालय सदस्य समेत रहेका कन्चनले नेपाली भुमि मिचेर भारतले बाटो बनाउन खोज्दा, नेपालको भुमि भारतिय नक्सामा सामेल गर्दा र नेपालका सीमाहरु मिचिदा संसदीय सता मुखर्दशक देखिएकाले नेपाललाई दिन प्रतिदिन भारतले पराधीन बनाउन लागेको प्रस्ट पारेको बताएका छन् । उनले यस्तो नपुसंक, दलाल पुजीबाद सताको अन्त्यका लागि संर्घषमा उठन सबै नेपाली जनता, सबै राजनितिक दल, नेपाली सेना तथा नेपाल प्रहरीलाई अपिल पनि गरेका छन् ।
ब्युरो इन्र्चाज कन्चनद्धारा जारी प्रेस विज्ञप्तीमा “यही मिति २०७७ साल बैसाख २५ गते भारतले नेपालको लिपुलेक हुदै चीनको सिमाना जोडने सडकको उदघाटन गरेको समाचार प्रकाशनमा आएको छ । भारतीय साम्राज्यवादको यो हर्कत सन् १९६२ देखि नेपाल लिम्पियाधुरा, कालापानी पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरताको एक उत्कर्षका रुपमा आएको छ । त्यसले नेपालको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डतामाथि हमला गरेको छ । हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी नेपालको भुमि हडपने भारतीय साम्राज्यवादी हर्कतको भत्र्सना विरोध गर्दछ । त्यस क्षेत्रबाट भारतीय हर्कत पुर्ण रुपले बन्द गरी नेपालको सार्वभौमिकताको सम्मान गर्न भारतीय सरकारसंग माँग गर्दछ । साथै त्यहाँबाट नहटेमा राष्टिय स्वाधीनताको संर्घष गर्ने चेतावनी दिन चाहन्छौं र नेपाली भुभागमा भारतले बेरोकटोक बाटो बनाउँदा पनि चुपचाप बस्ने सामाजिक दलाल पुँजिवाद केपी वली सरकारको भारतीय साम्राज्यवादप्रतिको दलाली र लाचारी खुल्ला रुपमा प्रकट भएको छ।” भनिएको छ ।
नेकपाले जारी गरेको विज्ञप्तीको पुर्णपाठ ः
