रौतहट, २६ बैसाख । रौतहटको १६ वटा नगरपालिका तथा २ गाँउपालिका गरी १८ वटा स्थानिय तहलाई अक्सफाम नेपालको सहयोगमा ग्रामिण विकास केन्द्रले स्वास्थ्य स्वच्छता सामग्री वितरण गरेको छ ।
कोराना संक्रमण रोकथामका लागी पालिका स्तरबाट खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सुरक्षित राख्न पिपिइ, मास्क, सेनेटाइजर, थर्मल गन लगायतका सामग्रीहरु जिल्लाभरीको लागी हस्तान्तरण गरेको ग्रामिण विकास केन्द्र आरडीसि का अध्यक्ष पारस हुसेनले बताए ।

जिल्ला अस्पताल गौर, चन्द्रनिगाहपुर अस्पताल, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा संचारकर्मीहरुलाई समेत स्वास्थ्य स्वच्छता सामग्री वितरण गरीएको छ ।
लकडाउनका कारण समस्यामा परेका अति विपन्न तथा गरिब परिवारको लागी समेत आरडिसीले रौतहटका खाद्यान्न सामग्री वितरण गरेको छ ।
इस्लामीक रिलिफ नेपालको सहयोगमा रौतहटका इशनाथ, राजपुर, परोहा नगरपालिका तथा दुर्गाभगवति र युमनामाई गाँउपालिकाका अठार सय परिवारलाई नेपाल सरकारको मापदण्ड अनुरुप खाद्यान्न लगातका सामग्री वितरण गरिएको आरडिसी नेपालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here