बिराटनगर, २६ बैशाख । टोलवाषीले सुडी टोल गाँजा निषेधित क्षेत्र घोषणा गरेका छन ।
कोरोना भाईरस ( कोबिड 19) को महामारी कारण देश लकडाउनमा रहेको अवस्थामा अनावश्यक रुपमा टोल भन्दा बाहिरको लागुऔषध प्रयोगकर्ताहरु धाई रहेको अवस्थामा आफ़्नो टोल र परिवारको सुरक्षाको निम्ती ” गाँजा खरिद बिक्री गाजाँ निषेधित क्षेत्र ” घोषणा गरेर उद्हारणिय कार्य गरेका छन ।
बिराटनगर महानगर पालिका वडा नम्बर १५ को सुडी बस्ती केही समय अगाडी सम्म गाजाँ खरिद बिक्रीको लागी चर्चित रहेको र नेपाल भारत सिमा नजिक रहेको कारण भारतको जोगबनि सम्म जान लागु औषध सेवनकर्ताहरुले यहि बाटो अधिक प्रयोग गर्ने हुनाले बाहिरी मान्छेहरुको आवत जावत समेत बन्द गर्न सुडी टोलवाशी ले आफ़्नो टोललाई गाँजा निषेधित क्षेत्र घोषणा गरेको हो ।








