काठमाडौं २६ वैशाख,। विराटनगरस्थित काशी अस्पतालको कोरोना उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।
कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनाको लगातार तीन पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई शुक्रबार दिउँसो डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।संगीता मिश्राले जानकारी दिइन् । उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरे ।
शुक्रबार डिस्चार्ज हुनेमा एक भारतीय नागरिक पनि छन् । अन्य दुईजना विराटनगर १७ का र एक महिलासहित बाँकी ५ जना उदयपुर भुल्केका स्थानीय हुन् । उपचार केन्द्रमा रहेका ६ जना गत बुधबार कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए । ती सब भारतीय नागरिक थिए । हाल सम्म ७ भारतीय र ७ नेपाली नागरिक डिस्चार्ज भएका हुन् ।
थप ८ जना डिस्चार्ज भएसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ । कोसी अस्पतालमा उपचार गराइरहेका ६ जना यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् ।