राजेश कुमार शर्मा ।

बिराटनगर, २५ बैशाख । लकडाउन सुरु भएको पनि ४४ दिन भईसक्यो, रोजगारको सबै बाटो बन्द छ । कोरोना भाईरस (कोबिड 19) को महामारीले बिश्वमै त्रासको बतावरण छ तर यो भिड ले महामारी भन्दा पनि भोकमरीले स्थानियहरु सड्कमा निस्किन बाध्य भएका छन ।
बिश्वभर फैलिएको महामारीको बेला बिराटनगर महानगर पालिकाको सर्वसाधारण लामो समय देखि लक डाउन पालना गर्दै बसिरहेको अवस्थामा सरकार बाट राहतको लागी दोश्रो पटक कुनै पहल न भएको अवस्थामा बिराटनगर १५ नम्बर वडाका स्थानीयहरु आज सड्कमा उत्रि बाध्य भएको हो ।
कि गरि खान देउ कि त राहत देउ भन्दै राहत माग गर्दै विराटनगर महानगरपालिका १५ का स्थानीयले महानगरपालिकाको कार्यालय घेराउ गरेका थिए । तर महानगरले आफ्नो माग सम्बोधन नगरेपछि मलायारोड पुरै जाम हुनेगरी धर्नामा बसी सरकारको विरोध गरेको हुन ।

पहिलो चरणमा महानगरपालिकाले १२ किलो चालम दाल, आलु र तेल वितरण गरेको थियो । महानगरले वितरण गरेको राहत केही दिनमै सकिएको उनीहरुको भनाई छ ।

काम गर्न पनि नपाएको र थप राहत पनि नपाएका कारण स्थानीयबासी आन्दोलित बनेका हुन ।

पहिलो चरणमा २६ हजार परिवारलाई राहत वितरण गरेको विराटनगर महानगरपालिकाले दास्रो चरणको राहत वितरणको तयारी गरिरहेको छ ।

२६ बैशाख विपद व्यवस्थापन समितिको बैठकपछि दोस्रो चरणको राहत वितरण सुरु गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here