रौतहट, २५ बैशाख । रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादवले दुई लेन सडकको शिलान्यास गरेका छन् । नगरपालिकाको मुख्यसडकलाई नगर प्रमुख यादवले हिन्दु परम्परा अनुसार पुजा पाठ गरि शिलान्यास गरेका छन् ।
बिश्रामपुर देखि हर्षाहा सम्म सडक कालोपत्रे हुँदैछ । सडक कालोपत्रे गर्न अहिले सडक निर्माण शुरु भइरहेको छ ।
नेपाल सरकारले २०७६ चैत्र २० गते निर्माण कार्यका लागि दिइएको निर्देशन अनुसार नै लकडाउन समाप्तिको तत्काल केही अवस्था नदेखिए पछि योजना कार्य आरम्भ गरिएको नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here