रौतहट २४ वैशाख । रौतहटमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं ८ विजयपुर बजारका ५० वर्षीय टेकबहादुर चौधरी पक्राउ परेको हो । किशोरीलाई विभिन्न प्रलोभन देखाई पटक–पटक करणी गरेको उजुरीका आधारमा टेकबहादुरलाई इलाका प्रहरी कार्यालय लक्ष्मीनियाबाट खटिएको टोलीले पक्राउ गरेको छ।