उपेन्द्र न्यौपाने ।
सिञ्जा २४ बैशाख ।
कनकासुन्दरी गाउपालिका वडा नम्बर २ मालिका बोता क्वारेन्टाइन मा रहेका १९ जनाले योगा गर्ने गरेका छन । योगाकालाई मालिका बोता हेपोका इन्चार्ज नन्दलाल रावतले युवा कलास सुरु गर्नु भएको हो ।
रोग लाग्न नदिने र आफूलाई मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त राख्ने उत्तम उपाय हो, योगा ।
अज्ञानताबाट ज्ञानतर्फ, अचेतनाबाट चेतनातर्फ, दुर्वलताबाट सबलताातर्फ र सीमितताबाट असिमिततातर्फ आध्यात्मिक यात्रा नै योग हो । नियमित रूपमा योग साधना गर्नाले सबै नसर्ने रोगलाई नियन्त्रण र व्यवस्थापन गर्न सकिन्छ । योगका फाइदा यस्ता छन्ः
बिश्व महामारी कोभिड १९ कोरोनालाई लक्षित गरि देशका विभिन्न ठाउबाट काठमाडौं नेपालगन्ज सुर्खेत अनि कैलालीबाट आएकाहरुलाई स्थानिय सरकारले प्रत्येक वडामा क्वारेन्टाइन राखिएको छ । कनकासुन्दरी गाउपालिका मा करिब ३०० जना क्वारेन्टाइनमा बस्ने गरेका छन भने मालिका बोतामा भने क्वारेन्टाइन मा बसेका हरु स्वास्थ्य को लागि योगा गरिएको मा हामी असाधै खुस्सी रहेको क्वारेन्टाइन मा बस्ने निर्मला रावत को भनाईछ ।
योगा सुनेका थियौ गरेका थियनौ योगा गर्दा हामी हरु लाई धेरै फाईदा भएको र अब आफू क्वारेन्टाइन बाट बाहिर निस्के पछि सक्दो प्रयास गरेर आफ्ना गाउका लाई योगा गर्नु पर्छ भनेर पोजेटिभ संदेश दिने भनेर बताउनु भयो ।
कनकासुन्दरी गाउपालिका वडानम्बर २ ले यो असाधै राम्रो काम गरेको र त्यसमाथी पनि हेपो इन्चार्ज नन्दलाल रावतलाई क्वारेन्टाइनमा बसेका हरुले धन्यवाद प्रकट गर्नु भएको छ । यो काम मानवीय शारीरिक सम्बन्ध मा टेवा पुर्याउने भएको कारण एकदमैं उदाहरणिय काम भएको हुदा कनकासुन्दरी गाउपालिका अध्यक्ष नरबिर रावतले हेपो इन्चार्ज लाई बधाई तथा धन्यवाद दिनु भयो।