काठमाडौं, २४ बैसाख ।
नेपाल टेलिभिजन कार्यक्रम सम्बृद्धि तर्फ हाम्रो यात्रा कार्यक्रम प्रस्ताेता हाम्रो यात्रा टिभि डटकमकि संचालिका राेजि ढकाल पराजुलीले आफ्नाे जन्मदिनमा वृक्षरोपण गर्दै जन्मदिनमा वृक्षरोपण अभियान प्रति ऐक्यबद्धता जनाउनु भएको छ ।
प्रकृतिको विनाश , वातावरण प्रदुषण र मानवका खराब विचार गतिविधिका कारणले मानव सभ्यतानै खतरामा परेको अवस्थामा लमजुङ बाट सुरुवात भएको जन्मदिनमा वृक्षरोपण अभियान प्रति आफ्नाे ऐक्यबद्धता रहेको बताउनुभयो । एउटा व्यक्तिले आफ्नाे जन्मदिनमा बर्षमा न्युनतम एउटामात्र विरुवा राेपेर हुर्काउन सके बार्षिक करोडौं विरुवा हुर्कने यसले वातावरणमा राम्रो प्रभाव पार्ने उहाँको विचार छ। यस्तो माहान अभियान साथ दिन सबैसंग उहाँले आग्रह गर्नुभयो ।
प्रकृतिको संरक्षण, वातावरण स्वच्छता, असल संस्कार , मानवको असल व्यक्तित्व विकास , सभ्य समाज निर्माण सभ्य मुलुक निर्माण र समग्र रुपमा मानव सभ्यताको रक्षाका लागि भन्दै लमजुङको बेसीशहरबाट लमजुङका स्थानीय संचारकर्मि बासुदेब सेढाईले २०७५ साल मंसिर २९ गते आफ्नाे जन्मदिनबाट सुरुवात गर्नुभएको याे अभियान ऐले देशभर चलिरहेको छ ।
जन्मदिनमा वृक्षरोपण अभियान लाई नेपाली माैलिक संस्कार संस्कृतिकाे रुपमा स्थापित गरि बिश्व समुदायमा नेपाल प्रकृतिको संरक्षण गर्ने देश, वातावरणमैत्री देश असल र सभ्य नागरिक भएको देशको रुपमा चिनाउने बिश्व समुदायलाई पनि अभियानमा सहभागी गराउने यसको उद्देश्य रहेको छ । अभियानमा आम नागरिक लगायत देशका विशिष्ट व्यक्तित्वहरुकाे पनि प्रत्यक्ष सहभागीता रहेको छ । अभियान लाई व्यावस्थित रुपमा अगाडि बढाउनकाे लागि १३ सदस्यीय जन्मदिनमा वृक्षरोपण अभियान समिति बनेको छ र २१ बुँदे कार्ययोजना समेत बनाएको छ ।

नेपालकाे हकमा र्थिक सम्बृद्धि, माैलिक संस्कार र संस्कृतिकाे रक्षा, भेदभावको अन्त्य समानतामा जाेड, असल व्यक्तित्व विकास ,सुशासन सहितकाे सभ्य समाज र सभ्य मुलुक निर्माण गर्ने र बिश्व समुदायका लागि अभियानले मानिस मानिसका विचमा हुने सबैखाले भेदभावको अन्त्य गर्ने, प्रकृतिको विनाश हुनबाट राेक्ने, वातावरण स्वच्छ सफा र हराभरा बनाउने, मानिस जस्तै पृथ्वीमा रहेका अरु प्राणीहरुकाे पनि बाँच्न पाउने अधिकारकाे सम्मान गर्ने , मानिसका खराब गतिविधिले मानव सभ्यतामा पारेको खतरा राेक्ने मानव सभ्यताको संरक्षणमा जाेड दिने कार्ययाेजना रहेकोले अभियानले सबैको साथ सहयोग र समर्थन प्राप्ति गरि उद्देश्य प्राप्तिमा सफलता हासिल गर्ने अभियान्ताहरु बताउछन् ।