काठमाडौं, २१ वैशाख । नेपालमा एकैदिन १६ जनामा कोरोना पुष्टि भएको छ । नेपालगञ्जको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा फेरि ६ जना नयाँ संक्रमित फेला परेसँगै आइतवार एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा हालसम्म भेटिएको ठूलो संख्या हो । यसअघि एकैदिन १३ जनामा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साँझ ७ः ४५ सार्वजनिक गरिएको अद्यावधिक विवरण अनुसार नेपालगञ्जका ४०, ५५, ६० वर्षका महिलाहरु र १६, २१ र ३४ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ । आइतबार मात्रै दिउँसो ९ जनामा कोरोना पुष्टि भएको थियो भने पर्सामा एक जनामा कोरोना भेटिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।