दाङ २१ बैशाख । किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दंगीशरण गाउँपालिका–८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

शान्तिनगर गाउँपालिका–४ की एक किशोरीमाथि बलात्कारका अभियुक्त चौधरीलाई गाउँमै लुकिछिपी बसेका अवस्थामा प्रहरीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका–२ कुइरेपानीस्थित जंगलमा गाई चराउन गएका अवस्थामा ती किशोरीलाई उनले जबर्जस्ती करणी गरेको आरोप लागेको छ । बालापुर प्रहरी चौकीबाट खटिएको टोलीले अभियुक्तलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन २०७४ को करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको छ । संभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here