काठमाडौं २१ बैशाख । नेपालमा एकैदिन १० जना कोरोना संक्रमित भेटिएका छन्। नेपालगञ्जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार बाँकेको नेपालगञ्‍जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका छन्। देवकोटाले नियमित प्रेस ब्रिफिङमा बोल्दै नेपालगञ्‍जमा पाँच पुरुष र चारजना महिलामा कोरोना भएको पुष्टि गरेका छन्। देवकोटाका अनुसार नेपालगञ्‍जस्थित भेरी प्रादेशिक अस्पतालस्थित ल्याबमा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना देखिएको हो। उनीहरुलाई भेरी प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ। यसैगरी पर्साको वीरगञ्जमा पनि एकजना ३६ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको छ। उनलाई अहिले नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पनि ६९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here