कैलाली २० बैशाख । भजनि नगरपालिका–४ झलझलियाका एक किशोरको नदीमा डुबेर मृत्यु भएको छ । कान्द्रा नदीमा डुबेर शनिबार बिहान १६ वर्षीय केशव पोखरेलको मृत्यु भएको हो ।

नदीमा नुहाउने क्रममा डुवेर पोखरेल बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा सोही ठाउँमा उनको शव फेला पारेको हो । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । संभारजनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here